नयाँ शहस्राब्दीको सुरुमा विश्वभरिका परिवर्तनगामीका लागि आशाको केन्द्र बनेको नेपाली माओवादी आन्दोलन यो पन्ध्र वर्ष बीचमा विजयको एक चक्र पार गरेर क्रान्तिका उपलब्धिलाई संस्थागत गर्न नभ्याउँदै शिथिल बनेको छ । अर्को शब्दमा भन्नुपर्दा, माओवादी आन्दोलनको घरका भित्ताहरुमा चिरैचिरा परेका छन् । माओवादी आन्दोलन किन यति छिट्टै विश्रृङ्खलित भयो भन्ने प्रश्न यतिबेलाको नेपाली कम्युनिस्ट आन्दोलनको यक्ष प्रश्न बनेको छ । यो घर पुनःनिर्माण हुन सक्छ कि सक्दैन? अर्को पेचिलो प्रश्न यो रहेको छ ।
दोस्रो संविधानसभा निर्वाचनमा त्यसअघि पहिलो शक्ति रहेको एमाओवादी तेस्रो शक्तिमा धकेलिएपछि र यसबीचमा माओवादी आन्दोलनमा एकपछि अर्को सिलसिलेवार फुट देखापरेपछि नेपाली माओवादीहरु सिथिल भएको प्रस्ट भएको हो । माओवादी पतनको यसअघि नै कतिपयले आँकलन गरेको भए पनि एमाओवादी नेतृत्वले भने दोस्रो चुनावबाट आफ्नो दलले दुईतिहाई ल्याउने दाबी गरेको थियो । उक्त दलको नेतृत्वलाई आफ्नो पछिल्लो स्थिति थाहा पाउन चुनाव नतिजाले महत्वपूर्ण सूचकको भूमिका निर्वाह गरिदियो ।
आजको स्थितिमा एकीकृत माओवादीले मात्रै माओवादी आन्दोलनको प्रतिनिधित्व गर्न नसक्ने भएको छ । माओवादी आन्दोलनमा माउ पार्टी एमाओवादी नै अद्यापि रहेको भए पनि वैद्य माओवादी, विप्लव माओवादी, मातृका माओवादी र मणि माओवादी यी सबैको कुल हो माओवादी आन्दोलन । तीमध्येमा माओवादी आन्दोलनको पुनःनिर्माणका दृष्टिले प्रचण्ड–बाबुराम नेतृत्वको एमाओवादी र विप्लव नेतृत्वको माओवादीले खास महत्व र अर्थ राख्दछन् । एमाओवादी नेपाली माओवादी आन्दोलनको मूल धारा हो भने विप्लव नेतृत्वको माओवादी पछिल्लो समयको बढी ¥याडिकल धारा हो । अरु बाँकी क्षणिक हुन्, ती क्षयीकरण हुन्छन् वा यी दुईमध्ये एकमा गएर समाहित हुन्छन् । यो आलेखको आशय यी दुई धाराले पछिल्लो समयमा चलाएका माओवादी आन्दोलन पुनःनिर्माणको बहस वरिपरि हस्तक्षेपको प्रयास गर्नु हो ।
माओवादी आन्दोलन किन यसरी विश्रृङ्खलित भ
- See more at: http://www.ratopati.com/2014/12/17/190941.html#sthash.TntRp6Pl.dpuf
 
Top