पौष १८ गते म्युजिक भिडियो छयांकन नगरिने ।

richa-akesha_jindagi_rocksयहि पौष १८ गते विभिन्न म्युजिक भिडियो निर्देशकहरुले म्युजिक भिडियो छयांकन नगर्ने भएका छन । उक्त दिन कुनै बिशेष पर्व वा कुनै विरोधका लागी भिडियो छयांकन रोक्न लागेको भने होइन ।
सो दिन निकेश खडकाको निर्देशन रहेको फिल्म ‘जिन्दगी रक्स’ प्रदर्शनमा आउने भएपछि फिल्म हेर्न जानुपर्ने बताउदै निर्देशकहरुले भिडियो छयांकन नगर्ने जनाएका हुन । निकेश पनि म्युजिक भिडियो निर्देशनबाटै फिल्म निर्देशनमा आएका हुन ।
आफुहरुको समकालिन मित्रले निर्देशन गरेको फिल्म हेर्न आतुर रहेको जनाउँदै म्युजिक भिडियो निर्देशकहरुले भिडियो छयांकन नगर्ने बताएका हुन । म्युजिक भिडियोमा चलेका निर्देशक प्रसन्न पौडेलदेखि, समन अधिकारी, सुवास रेग्मी, अर्जुन अधिकारी, बिशाल भण्डारी, बादल प्रसाई, उदेश श्रेष्ठ, सुरज श्रेष्ठ लगायतले सो दिन आफ्नो काम छाडेरै फिल्म हेर्न जाने बताएका हुन ।
‘जिन्दगी रक्स’ निकेश खडकाको डेब्यु निर्देशन हो । उनी यसअघि म्युजिक भिडियो तथा टेलिभिजन कार्यक्रममा चर्चित थिए । फिल्ममा अकेशा बिष्ट, सौरमराज तुलाधार, सोनम पाख्रिन, मकन राई लगायतको मुख्य भुमिका रहेको छ । फिल्मले युवापुस्ताको कथालाई बोकेको छ ।
 
Top