नेपाल मगर संघ युएईले माघेसंक्रान्ति भब्यताका साथ मनाउने

दुवई, मंसीर २७, (उपेन्द्र राना मगर) नेपाल मगर संघ युएईको भर्खरै सम्पन्न बिशेष महाधिबेशन पश्चात बसेको पहिलो बैठकले मगरहरुको मुख्य चाडपर्व मध्ये माघेसंक्रान्ति युएईको अलएनमा भब्यताका साथ मनाउने निर्णय गरेको छ। नेपाल मगर संघ युएई अलएन क्षेत्रिय समितीको आयोजनामा माघेसंक्रान्ति मनाउन लागिएको हो। मगरहरुले बर्ष भरी मनाउने मुख्य चाडपर्वको सुची तयार गरी भागौलिक परिस्थिती र बाहिरी महौलातालाई मध्य नजर गर्दै युएईमा मनाउन सकिने सम्भावित पर्वहरुमा बुद्ध पुर्णिमा, भाइटिका, माघेसंक्रान्ति र मगर दिवसलाई प्रमुख प्राथामिकता साथ मनाउने निर्णय गरेको छ। मगरहरुको बिभुती रुपमा रहेका प्रथम शहिद लखन थापा मगर स्मृती समारोह र लखन थापा मगर स्मृती कप भलिवल प्रतियोगिता, गायक अरुण थापा मगर स्मृती कप भलिवल प्रतियोगिता र बनभोज कार्यक्रम गर्ने पनी निर्णय गरेको छ। यी बिभिन्न कार्यक्रम आयोजना गर्ने जिम्माको विभिन्न क्षेत्रिय समिती तथा बिभागलाई जिम्मा पनी दिइएको छ। जो यस प्रकार रहेको छ, माघेसंक्रान्ति – अलएन क्षेत्रिय समिती – जनवरी ९ तारिक शुक्रबार (यस बर्ष), मगर दिवस – केन्दीय समिती – फेब्रुवरी २७ तारिक, शुक्रबार (यस बर्ष), बनभोज – फुजेरहा क्षेत्रिय समिती. बुद्ध जयन्ती – दुवई क्षेत्रिय समिती, भाईटिका – महिला बिभाग, अरुण स्मृती कप भलिवल प्रतियोगिता – मुसफाह क्षेत्रिय समिती, प्रथम शहिद लखन थापा मगर स्मृती समारोह – अबुधाबी क्षेत्रिय समिती, लखन थापा मगर स्मृती कप भलिवल प्रतियोगिता – दुवई क्षेत्रिय समितीले मनाउने निर्णय गरेको छ।
uae

 
Top