अनुस्काको हट फोटोसुटले विराट समेत तनावमा

Anuska-hot
एजेन्सी । भर्खरै खिचाएको हट फोटो सुटका कारण अनुस्का शर्मा अहिले चर्चामा छिन् र खुसी पनि । तर एकाएक उनको फोटो देखेर उनका प्रेमी विराट कोहलीको खुसी नै गायव भएको छ । विराट रिसाएर मात्र बसेनन्, उनले अनुस्कालाई गाली समेत गरेको खबर समाचारहरुमा छाएका छन् ।
त्यसो त, हालसालै अनुस्काले जिक्यू म्यागजिनका लागि असाध्यै हट फोटोसुट गराएकी थिइन् । उनले यो फोटोसुट म्यागाजिनको डिसेम्बर संस्करणको लागि गराएकी थिइन् । यसलाई उनको अहिलेसम्मकै हट फोटोसुट मानिएको छ ।
उनको यस्तो फोटो सार्वजनिक भएपछि विराटले अस्ट्रेलियाबाटै अनुस्कालाई फोन गरेर गाली गरेको भारतीय सञ्चारमाध्यमहरुले खबर प्रकाशन गरेका छन् । केही समयअघि पिकेमा अनुस्काको प्रस्तुतिबाट खुसी भएका विराटले अनुस्काको प्रशंशा समेत गरेका थिए तर अचानक हट फोटोसुट आएपछि उनी रिसाएका हुन् ।
 
Top