नेपाल जापान डट कम सम्बाददाता-
तपाइलाइ अचम्म लाग्नु स्वाभाविकै हो बलिउडकी हट गर्ल एवं पूर्व पोर्नस्टार सन्नी लियोनी एकसाथ एकसय जना तन्नेरीसँग डेटिङ जाँने भएकि छिन् ।
Sunny-Leone
पुरुषहरुका लागि कण्डोम र महिलाका लागि न्यापकिन उत्पादन गरेको मेनकाइण्ड फर्माले यो ब्यबस्था मिलाएको बताइएको छ ।यसरी सन्नीसँग डेटिङ जाने मौका भने ग्रीस र ब्राजिलका युवाहरुले पाउँने भएका हुन् । एजेन्सीले उल्लेख गरे अनुसार मेनकाइण्डका सामान प्रयोग गर्नेहरु मध्ये एकसय जनासँग बसेर सन्नीले डिनर खाने जनाइएको छ ।
मेनकाइण्डका उत्पादनले अहिले ब्राजील र ग्रीसमा राम्रो बजार पाएको छ । सोही कारण कम्पनिले सामानको प्रचार प्रसारमा पनि उत्तेजक शैली अपनाएको धेरैले अनुमान गरेका छन् ।
मेनकाइण्डका सामान प्रयोग गरेकै भरमा मात्रै सन्नीँसग डेट जाने मौका जोसुकैले पाउने छैनन् । यसका लागि कम्पनिले अनलाइन र्फम भराउने छ । जो छनौटमा पर्छन्, उनिहरुले मात्रै सन्नीसँग डेट जाने मौका पाउँने जनाइएको छ।
फिल्महरुमा उत्तेजक शैलीमा प्रस्तुत भएकै कारण सन्नी लियोनका प्रसंसक भारतमा समेत निकै बढेका छन् । अहिले भारतकी ब्यस्त र हट नायिका मानिने सन्नी मंहगी नायिकाको श्रेणीमा समेत अग्रपंक्तिमा आउँछिन् ।

 
Top