बलिउडका चल्तीका कलाकारका लागि आम्दानीका श्रोत धेरै छन् । कोही चलचित्र खेलेर पैसा कमाउँछन् त कोही विज्ञापनबाट नै । 

बलिउड नायिका प्रियंका चोपडा पनि चलचित्र र विज्ञापनबाट राम्रो आम्दानी गर्छिन् । उनै, नायिकाले एक बिहेमा नाचेको ९ करोड रुपैयाँको अफर नकारेकी छिन् ।

 चन्डीगढका एक करोडपतिको बिहेमा नाचे वापत उनलाई ९ करोडको अफर गरिएको थियो । तर, उनले आफू चलचित्रको काममा व्यस्त भएको भन्दै अफरलाई नकारिन् । 

प्रियंका यतिबेला आफ्नै होम प्रोडक्शनमा नयाँ चलचित्रको निर्माणको तयारीमा छिन् । मधुर भण्डारकरले निर्देशन गर्न लागेको चलचित्रलाई समेत उनले समय दिन भ्याएकी छैनन् । 

यसैले, उनले बिहेका नाचेको ९ करोडको अफरलाई छोडेकी हुन् ।
पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।
 
Top