कोका–कोला नेपाली ताराका उत्कृष्ट १० प्रतिस्पर्धिहरुले बसन्तपुर डबलीमा कन्सर्टमा गाउँदै पहिलो पटक दर्शकहरुका माझ लाइभ आएका छन्। 
देशभक्ति गीत “रातो र चन्द« सूर्य बोलको गीत गाउँदै कार्यक्रमको सुरुवात गरेका उनीहरूले पुसको यो ठन्डीमा बसन्तपुरमा उपस्थित हजारौलाई उचालेका थिए।
सो गीत पछि नेपाली तारा ३ का प्रस्तोताहरु – नेपाली तारा २ का विजेता सन्तोष लामा र नेपाली तारा १ का उप–विजेता धर्मेन्द्र सेवान – ले स्टेज सम्हाल्दै अर्को देशभक्ति गीत “वीरताको चिनो” गाएका थिए।
त्यसपछि तारा ३ का सबै उत्कृष्ट १० प्रतिस्पर्धिहरुले आ–आफना एकल गीतहरु प्रस्तुत गरेका थिए। 
थप तस्वीर
तीन घण्टा भन्दा बढीसम्म चलेको सो कार्यक्रममा प्रतिस्पर्धिहरुले “चौबन्दीमा पटुकी” “मस्की मस्की” “तारेमाम...तारेमाम” “को हो त्यो” “तालको पानी” जस्ता गीतहरु प्रस्तुत गर्दै दर्शकहरुलाई मोहित पारेका थिए । 
“हामीले कोका–कोला नेपाली तारा ३ का सबै उत्कृष्ट १० प्रतिस्पर्धिहरुको प्रतिभा र आत्मविश्वासमा निकै सुधार भएको देखेका छौँ।, गायक रामकृष्ण ढकालले भने, ‘अडिसनको बेलादेखि नै हामीलाई उत्कृष्ट प्रतिस्पर्धिहरु चयन गर्न निकै गाह्रो भएको थियो । तर आजको उनीहरुको प्रस्तुतिको विश्लेषण गर्दा हामीले निकै राम्रो चयन गरेछौँ भन्ने लागेको छ।”
नेपाली तारा ३ को विजेताले एउटा मोटरसाइकल लगाएत २ लाख ५० हजार नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ ।
यस्तै अन्तिम १० प्रतियोगिहरु प्रत्येकले ११ हजार नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन्।
कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्टे«लिया ट्रिपमा जाने अवसर पाउनेछन् जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन् ।
अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्ने कम्पनीले जनाएको छ।
- See more at: http://www.namastektm.com/n/649#sthash.nLm0voJz.dpuf
 
Top