आगामी आईतवार लन्डनमा हुन् गईरहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन लन्डन आइपुगेकी मिस नेपाल सुबिन लिम्बुले सम्पूर्ण नेपालीहरुलाई आफ्नो लागि भोटिङ गर्न अनुरोध गरेकी छन्। आफुलाई राखिएको होटलबाटै लन्डनबाट प्रसारित नेपाली टिभीको एउटा कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले प्रतियोगितामा टप फाइभमा आउनको लागि यो भोटिङ अत्यन्तै महत्वपूर्ण भएको बताएकी छन्।
उक्त भोटिङका लागि मिस वर्ल्ड एप डाउनलोड गरेर त्यसमा भएको इन्स्ट्रक्सन अनुशरण गर्नु पर्नेछ | सुबिनले अहिलेसम्म नेपालीहरु बाट पाएको समर्थन र रेस्पोन्सबाट उत्साहित भएको समेत बताएकी छन। यसअघि भएको अनलाईन भोटिङमा उनी टप टेन रोजाईमा पर्न सफल भएकी थीइन्।
उनले आफूले नेपाली संस्कृतिको प्याकेजनै अन्तर्राष्ट्रिय प्ल्याटफर्ममा पस्किन पाउँदा खुसी लागेको बताएकी छन्। आफ्नो बुवाको प्रेरणाबाट शिक्षामा प्रगति गरेको स्मरण गर्दै आफूले नेपालमै बसेर सेवामुखी परियोजनाहरुको निरन्तरता दिने आफ्नो चाहना रहेको समेत जनाईन्।
अन्तरवार्ताको क्रममा उनले ट्यालेन्ट राउन्डमा गाउने तयारी गरेको एउटा गीत पनि गाएर सुनाएकी थीइन्। त्यसैगरी गोर्खा च्यानलको एउटा छुट्टै कार्यक्रममा मिस वर्ल्डको तयारी कसरी भईरहेको छ भन्ने लगायतका कुराहरु बताएकी थिइन्।
यसघि गैरआवासीय नेपाली संघ बेलायत लगायत अन्य संघ संस्था तथा नेपाली समूदायका मानिसहरुले अनलाईन भोटिङ मार्फत देशको प्रतिनिधित्व गरिरहेकी सुबिनलाई  सहयोग गर्न आवहान गरि सकेका छन्
सुबिनलाई भोट हाल्न यसो गरौः
1.मिस वर्डको एप्स डाउनलोड गर्नुहोस्
 
Top