कोरियाको महामेलामा अन्जु पन्त र यमोबुद्ध पनि आउदै

हेनेको सम्वाददाता |
दक्षिण कोरियामा आउदै गरेको सलनाल (कोरियन नयाँवर्ष) को अवसर पारेर सांस्कृतिक महामेलाको भब्य तयारी गरिदै छ । महामेलामा नेपालका चर्चित हाँस्य जोडी हरिवंश आर्चय र मदनकृष्ण श्रेष्ठ सँगै गायिका अन्जु पन्त र अहिलेका चर्चित र्यापर यमोबुद्ध पनि आउदै छन् । त्यसैगरि कार्यक्रममा विदेशको कुनै पनि कार्यक्रममा भाग नलिइएकी लोक दोहरी गायिका विष्णु माझी  पहिलोपल्ट कोरिया आउदै छिन ।
त्यसैगरि चलचित्र नोभेम्वर रेइनमा अत्याधिक चर्चामा रहेकी नायिका छुल्टिम  गुरुङ (नृत्य/उदघोषण) त्यसैगरि पपगायक प्रमोद खरेल, हास्य कलाकार किरण केसी पनि महामेलामा भाग लिन कोरिया आउदै छन् ।  आयोजक समितिका संयोजक विनोद कुवंरले नेपाल हाउसको निमार्णका लागि आयोजना गरिएको यस कार्यक्रम कोरियाको इतिहासमै भब्य हुने बताउनु भएको छ । कार्यक्रममा छनोट गरिएका कलाकारहरु निकै उत्कृष्ट भएको दक्षिण कोरियामा रहेका नेपालीहरुले बताएका छन् । यस महामेलाका लागि कोरियामा रहेका नेपालीहरु अत्यधिक सहयोग आइरहेकोमा कोरियामा रहेका नेपालीहरु देखि आफु निकै गौरान्वित भएको कुवरले बताउनु भएको छ ।

कोरियामा निशुल्करुपमा नेपाल हाउसलाई सञ्चालन गर्नका लागि नेपाल हाउस ब्यवस्थापन समितिले उक्त सांस्कृतिक महामेलाको आयोजना गरेको हो । मह जोडी करिव १० बर्ष अगाडी कोरियाको एक कार्यक्रममा सहभागि भए पश्चात कोरियाको लागि लामो समय पछिको यो दोश्रो सहभागिता हो ।

५ हजार ५ सय जना अट्ने हलको ब्यवस्था
सांगितिक महामेला आयोजनाको लागि पांच हजार पांच सय जना अट्ने कोरियाकै उत्कृष्ट हलको ब्यबस्था गरिएको छ । उक्त हल दोङदेमुनको नजिकै रहेको छ भने बुसानको लागि पनि हलको ब्यवस्था पकृया अघि बढेको बताइएको छ ।

 
Top