.
......*** भोका ब्वासाहरु***


योवनका भोका ब्वासाहरु
हर दिन हर घडि
निर्दोष शिकार खोज्दै
चौबाटो ढुकि रहन्छन्
योवनको प्यास मेटाउने
रहर बोकेर ।
सधै निर्दोष छोरी चेली बुहारीहरुलाई
आक्रमणको निशाना बनाई
अज्ञानताको फाईदा उठाउदै
मौका पाउना साथ
आक्रमण गर्न आतुर छन्
पुरुषत्व बोकेका
घमण्डि भोका अनि प्यासा
मानव रुपि ब्वासाहरु ,
यहाँ
सामाजिक सम्बन्धको
सीमा नाध्दै मात्र कसैको
अस्मिताको होली खेलेर
कौमारित्वको रस पान गर्न
गाउ अनि टोल
घर अनि बाटो
शहरका गल्लिहरुमा
नकाबधारी ब्वासाहरु
स्वार्थको जाल फिँजाएर
गुलिया कुराको चारो हाल्दै
मौकाको प्रर्खाइमा हुन्छन्
जब शिकार भेटिन्छ
बिरालोले मुसा खेलाए जस्तै
मन लाग्दि खेलाउछन्
चिथोर्छन् ,कोपर्छन् , धम्क्याउछन्
अनि आफ्नो चाह अनुरुप उपभोग गरेर
जिउदो लाश सरी फालिदिन्छन्
कठै ति
बिचराहरुलाई के थाह
आफुले आफ्नै ठानेका
नकावधारी मानव भित्र
यति भयानक दानविय रुप
लुकेको हुन्छ भनेर ।
जिन्दगीको गोरेटोमा हिड्दै जाँदा
यसरी सुन्दर सपना क्षत विक्षत पार्दै
ईच्छा र आकाक्षाको घाटि निमोठेर
अमुल्य जिन्दगी आफ्नै अगाडी
मुल्यहिन भएको हेर्न बाध्य छन्
हजारौ चेलीहरु
स्वतन्त्रताको खुल्ला आकासमा
आसाका पखं फिजाउदै
उड्ने चाहनाहरुको निर्मम हत्या भैदिदाँ
खुसीको उदय हुन नपाउदै
अस्ताउदाको पीडा बोकेर
न्यायको भिख माग्न
कानुनको ढोका ढक्ढक्याउदै
अदालतको दैलो चाहार्दा पाएको दु ख
लगाईका आरोप गरीने अभर्द व्यवहार
अनि हेरिने कुदृष्टि देखी वाक्क भएर
आत्मग्लानीको भारी बोक्न नसक्दा
जिन्दगीलाई न्याय दिलाउने
अथक प्रयासमा
अन्यायको कात्रो भित्र
बेरीन बाध्य हुन्छन्
यहाँ निर्दोश नारी जिन्दगीहरु
तर पनि
मुकदर्शक बनिदिन्छन्
न्यायका ठेकेदारहरु
त्यसैले त योवनका भोका प्यासा
मानब रुपि ब्वासाहरु
आफु युद्घ बिजेता भएको
घमण्ड बोकेर
निस्फिक्री हिडिरहन्छन्
कानुन बिनाको देशमा
स्वतन्त्र पुर्वक डुलिरहन्छन्
प्यासी व्वासाहरु
अर्को शिकारको खोजीमा ।


शान्ति अधिकारी
बाके
 
Top