एकै हप्ता आफ्ना दुई चलचित्र रिलिज हुन लागेपछि चिन्तित बनेकी नम्रतालाई राहत महशुस भएको छ । दुई मध्ये एक ‘सम्बोधन’ रिलिज मिति सरेपछि उनले अब ‘ताण्डव’ प्रचारमा मात्र ध्यान दिएकी छिन् । यसै क्रममा उनले सञ्चारकर्मीसँग भेटघाट जारी राखेकी छिन् ।
पत्रकार भेटघाटको क्रममा नम्रताले आफ्नो प्रेमको चर्चा गसिप मात्र रहेको जनाएकी छिन् । कुराकानीको क्रममा उनले ‘ताण्डव’का नायक चर्चित र्‍यापर लाउरेसँगको प्रेमको हल्ला केवल मिडियाको गसिप मात्र भएको बताउँदै लाउरे चलचित्रमा नयाँ भएकोले सहयोग गरेको बताईन् ।
- See more at: http://www.thuloparda.com/post/7608#sthash.OBJPZrSl.dpuf
 
Top