काठमाडौं । निकै विकसित र नेपालीका लागि सपनाको देश जापानमा संसदीय चुनाव भयो । त्यहाँ कति महिला सांसद निर्वाचित भए होलान ?
जापानी संसद डायटमा चार सय ७५ सदस्य हुन्छन् । तीमध्ये ४५ जना निर्वाचित भएका छन् ।
नेपालको संसदको तुलनामा जापानी संसदमा अति थोरै महिला छन् ।
त्यहाँ हालै मध्यावधी चुनाव भएको हो । प्रधानमन्त्री सिन्जो ओबेले आफ्ना आर्थिक नीतिहरु कडाइका साथ लागू गर्न मध्यावधी चुनाव गरेका हुन् ।
चुनावमा उनको गठवन्धनले दुई तिहाई सिट पाएको छ । अब ओबे नै प्रधानमन्त्री निरन्तर हुनेछन् ।
जापानमा महिलाको प्रसंगमा महत्वपूर्ण के छ भने सन २०२० सम्ममा राज्यका यावत क्षेत्रमा महिलाको उपस्थिति ३० प्रतिशत पुराउने घोषणा ओबेले गरेका थिए ।
जापानी संसदमा विगतमा ३८ जना महिला सांसद थिए । मध्यावधी चुनावमा सात जना बढेका हुन् ।
नेपालले भने आठ वर्ष अघि राज्यका यावत निकायमा महिला संख्या ३३ प्रतिशत पुराउने घोषणा गरेको थियो । तर, व्यवहारमा लागू हुन सकेको छैन ।
संसदमा महिला उपस्थितिको जापान र नेपालमा तुलना गर्दा नेपाल अगाडि छ । तर, सिक्काको अर्काे पाटा पनि छ जसमा नेपाल पछाडि छ ।
नेपालको संसदमा अहिले जति महिला छन्, थोरै मात्र प्रत्यक्ष निर्वाचनबाट आएका हुन् । तर, जापानी संसदमा सम्पूर्ण ४५ जना महिला नै प्रत्यक्ष निर्वाचन
 
Top