३ पुस, काठमाडौं । गाविस सचिव कुटेको आरोपमा पक्राउ परेका एमाओवादी पूर्व सभासदसहित तीन जना रिहा भएका छन् ।
कुटाइ खाने साङपाङ र देउराली गाविस सचिव भने छानविनमा तानिएका छन् ।
sudan kiratiस्थानीय प्रशासनसँग ९ बुँदे सहमति भएपछि आफूहरु रिहा भएको पूर्वसभासद सुदन राईले अनलाइनखबरलाई बताए । सुदनसँगै कांग्रेस जिल्ला सचिव हेमन्त मुकारुङ र माले जिल्ला सचिव अनिल बस्नेत पनि रिहा भएका छन् ।
गाविस सचिव खड्ग पौडेल एमाले जिल्ला सहसचिव भएको आन्दोलनकारी माओवादी, कांग्रेससहितका आठ दलको आरोप छ ।
उनी सन्देश पौडेलको नाममा एमाले सहसचिवको रुपमा कार्यरत रहेको आरोप छ । ‘सन्देश पौडेल र खड्ग पौडेल एकै व्यक्ति हो वा होइन जिल्ला प्रशासन कार्यालयले प्रमाणित गर्नेछ’ नौंबुँदे सहमतिमा भनिएको छ ।
कुनै पनि निजामति कर्मचारीले राजनीतिक दलको सक्रिय सदस्य बन्न नपाउने र शिक्षा कार्यालयमा भएको भनिएको अनियमिताको छानविन गर्ने सहमति भएको छ । एनजीओ र राजनीतिक दल छुट्टाउने र दलका नेता र कर्मचारीले ठेक्कापट्टाको काम गर्न नपाउने, वन महासंघमा दलका नेता कार्यकर्ता बस्न नपाउने सहमति पनि भएको छ ।
सभासद राईका अनुसार हरेक विद्यालय व्यवस्थापन समितिका रहेकाहरुले आफ्ना छोराछोरी उक्त स्कुलमै पढाउनु पर्ने सहमति भएको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/12/219449/#sthash.OsBKzxwU.dpuf
 
Top