१७ मंसिर, काठमाडौं । बाउन्सर बलले लागेर निधन भएका अष्ट्रेलियाका व्याट्सम्यान फिलिप हृयूजको बुधबार अन्तिम संस्कार गरिएको छ । हृयूजको जन्म गाउँ मेक्सभिलमा भएको अन्तिम संस्कारमा क्रिकेटर समर्थक तथा उनका आफन्त सहभागी भएका छन् ।
 हृयूजको अन्तिम संस्कारमा अष्ट्रेलियाका प्रधानमन्त्री टानी एबोटका साथै पूर्व क्रिकेट स्टारहरु पनि सहभागी भएका छन् । अष्ट्रेलियाका क्रिकेटरहरुसँगै शन एबोट पनि पुगे । उनको बलले लागेर घाइते भएका हृयूजको उपचारका क्रममा निधन भएको थियो । Australian cricket captain Michael Clarke fought back tears as he delivered an emotionally charged tribute to Phillip Hughes अन्त्येष्टिमा सहभागीहरु निकै भावुक थिए
 । अष्ट्रेलियाका कप्तान माइकल क्लकले गहभरी आँसु पाादै हृयूजप्रति अन्तिम श्रद्धान्जली दिँदै धेरै सहभागीको आँखा रसाए । अष्ट्रेलियाली क्रिकेटर नाथन लियोन आफ्नो सानो बाच्चालाई काखमा लिएर हृयूजको अन्त्येष्टिमा सहभागी भएका थिए एकसाता अघि खेलका क्रममा टाउकोका पछाडिको भागमा बलले लागेर हृयूज मैदानमै ढलेका थिए । त्यसको दुई दिनपछि उनको गत बिहीबार निधन भएको थियो ।


पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।
 
Top