जाडो मौसम संगै देश विदेश मा नयाँ बर्ष अर्थात् ल्होछार पर्ब मनाउने क्रम शुरु हुन थालेको छ । पोर्चुगलमा रहेका गुरुङ समुदायले प्रत्येक नयाँ बर्ष अर्थात् ल्होछार पर्ब विभिन्न खानपान का साथ बिबीध संस्कृतिक कार्यक्रम सहित मनाउने गर्दछन । पोर्चुगलमा प्रत्येक वर्ष पोर्चुगलमा रहेका गुरुङ समुदायले नयाँ बर्ष ल्होछार मनाउने गर्दछन । यस बर्ष ल्होछार ११ जनवरीमा उल्लासमय बातावरणमा मनाउने तयारी चलिरहेको छ । गुरुङको मौलिक पात्रो अनुसार १५ पुसको दिन देखि नयाँ बर्ष सुरु हुन्छ  ।
१२ वटा वर्ग चक्रको आधारमा परिवर्तन हुने यस बर्ष को ल्होसार  गुरुङको  नयाँ बर्ष २५९९ हो  । त्यही अवसरमा हरेक वर्ष गुरुङ समुदायले पुरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागत गर्ने गर्दछन ।
तमु समाज पोर्चुगलका अध्यक्ष राजकुमार गुरुङले यसपाला पनि बिगतका वर्ष झैँ ल्होछार उल्लासमय रुपमा मनाउन तयारी तिब्र रुपमा चलेको नेपाली वेभलाई जनाएका छन्।पोर्चुगलमा रहेका स्थानीय कलाकार सहित बेल्जियम रहनुहुने चर्चित स्काई ब्याण्डका भोकलिस्ट दुर्गा काजी  शाक्यको समेत उपस्थिति हुने संघका अध्यक्ष गुरुङले जनाएका छन् । डाडैमा मेला लागेको छ, कान्छीले बोलाइ राख्याछ…….एकताका चर्चित बन्न सफल स्काइप ब्याण्डको यो गीत आज पनि सदबाहर गीतको रुपमा लिने गरिन्छ । विशुद्ध मनोरञ्जनात्मक कार्यक्रमका साथ गुरुङ समुदायको भेषभुषा उजागर हुने साथै नयाँ वर्षको शुभकामना आदानप्रदान गरि गुरुङ सुमुदायको मौलिकता पस्कने अभिप्रायले हरेक वर्ष पोर्चुगलमा पनि ल्होछार मनाउदै आएको कुरा समाजका अध्यक्ष गुरुङले नेपाली वेभलाई जनाएका छन। कार्यक्रम नेपालीहरुको चिरपरिचित ठाउँ लिस्वोनको स्थाफानिया हलमा हुने जानकारी समेत प्राप्त भएको छ।gurung kti


 
Top