जे अपेक्षा  गरिएको थियो सोही अनुरुप हिम्मतवालीले आक्रमक  ब्यापार गरेपछि फिल्म उद्योगमा पुनः उत्साह थपिएको छ । फूलपाति देखि प्रर्दशन आरम्भ गरेको हिम्मतवालीले पहिलो दिन देशभरबाट करिब २८ लाखको ग्रस ब्यापार गर्न सफल भयो । यो रिपोर्टमा राजधानीको कलेक्सन ११ लाख ७६ हजार हो भने बाँकी १६ लाख माथिको कलेक्सन मोफसलको । हिम्मतवालीले हाउसफूल ओपनिङ मात्रै गरेन आज सम्म जति पनि नेपाली फिल्महरु दशैंको छेकोमा प्रर्दशन हुन्थे ती सवैको ओपनिङ रेकर्ड पनि   यसले तोडेको छ । रेखाको यस अघिको फिल्म कालीको भन्दा आक्रमक ब्यापार हुनुको क्रेडिट सुर्दशन गौतमलाई पनि दिनु पर्दछ । किन कि न्यूज फिल्मीले दर्शकसंग प्रत्यक्ष अन्र्तक्रिया गर्दा दुवै हात नभएका हिरोसंग रेखाले कसरी फिल्म खेलिन भन्ने जिज्ञासा उनीहरुको ज्यादा थियो र सोही कारण फिल्म हेर्न आतुर भएर आएको प्रतिक्रिया दर्शकले दिएका छन् । फिल्म वितरक एवं प्रर्दशकहरुको भनाईलाई उदित गर्दै लेख्ने हो भने भोलि देखि प्रर्दशन हुन लागेका दुई हिन्दी फिल्म ब्याङ ब्याङ र हैदरको ठूलो असर हिम्मतावलीमा पर्ने छैन् । उनीहरुका अनुसार रेखाको दर्शक आफ्नै छ अनि हिन्दी फिल्म हेर्ने दर्शक छुट्टै जसले गर्दा बलिउड स्टारसंग रेखा डराउनु पर्ने स्थिती छैन । राजधानीका गोपी,अष्टनारायण र गुण सहित फिल्मले पोखरा र धरानमा आक्रमक ब्यापार गर्‍यो - See more at: http://newsfilmy.com/2014/10/8766/#sthash.Z8GG7UIC.dpuf
 
Top