काठमाडौं। इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत गए राती भएको खेलमा एभर्टनले क्विन्स पार्क रेन्जर्स क्यु.पि.आर.लाई ३-१ ले हराएसंगै एभर्टन १० औ स्थानमा उक्लिएको छ । आफ्नै मैदान गुडिसन पार्कमा भएको खेलमा एभर्टनलाई विजयी गराउन रोस बार्कले, केभिन मिरालास र स्टेभेन नेईस्मिथले एक एक गोल गरे ।
जारी सिजनमा बार्कलेको यो पहिलो लिग गोल हो । जीतसँगैएभर्टन प्रिमियर लिग अंक तालिकाको दशौं स्थानमा उक्लिएको छ । १६ खेलबाट उसको २१ अंक भएको छ । लिग तालिकामा ३९ अंकको साथ चेल्सी शिर्ष स्थानमा छ भने ३६ अंकको म्यान्चेस्टर सिटी दोस्रो तथा ३१ अंकको म्यान्चेस्टर युनाईटेड तेस्रो स्थानमा रहेका छ ।
 
Top