barack_obaca_
barack_obaca_हलिउड : अमेरिकी राष्ट्रपति बाराक ओबामा र पत्नी मिसेल ओबामाको जीवनमा आधारित चलचित्र निर्माण हुने भएको छ। चलचित्रमा उनीहरूको प्रेमप्रसंग, रोमान्स, विवाह र राष्ट्रपति बन्दासम्मको यात्रालाई समेटिने बताइएको छ।
होमग्राउन प्रोडक्सन हाउस नामक निर्माण कम्पनीले बनाउन लागेको यस चलचित्रलाई ‘साउथ साइड विद यु’ नाम दिइएको छ। ओबामा दम्पतीको जीवनका महत्त्वपूर्ण घटनालाई चलचित्रमा चित्रण गरिने बताइएको छ।
सन् २०१५ को जुनदेखि अमेरिकाको सिकागोमा छायांकन गरिने चलचित्रमा मिसेलको भूमिकामा नायिका टीका सुमन्टर अनुबन्धित भएकी छन् भने ओबामाको भूमिकाका लागि नायकको खोजी भइरहेको बताइएको छ।
बाराक र मिसेल सन् १९८९ मा पहिलोपटक भेटेका थिए। तीन वर्ष लामो प्रेम साकार बनाउँदै विवाह गरेका उनीहरूका दुई छोरी छन्। एजेन्सी



 
Top