Latest

8:48 PM model



सबैभन्दा ठूलो सांगीतिक रियालिटि शो कोका–कोला नेपाली तारा ३ का उत्कृष्ट १० प्रतिस्पर्धिहरुले शुक्रबार बसन्तपुर दरवार स्क्वायर डवलीमा हुने कन्सर्टमा प्रत्यक्ष प्रस्तुति दिनेछन्। सङ्गीत प्रेमीहरुलाई प्रवेश निःशूल्क गरिएको यो कन्सर्ट दिउँसो ३ः०० बजे पछि शुरु हुनेछ।
साङ्गीतिक प्रतिभाका धनी कोका–कोला नेपाली तारा ३ का उत्कृष्ट १० प्रतिस्पर्धिहरु विनोद राई, विशाल आत्रेय, दिवेश राई ,जलजला परियार, प्रताप दाश, प्रताप लामा, सुदेस सुवेदी, सुरेस लामा, सुष्मा विश्वकर्मा र श्वेच्छा ठकुरीले लाइभ कन्सर्ट हेर्न हजारौंको संख्यामा उपस्थित दर्शकहरुलाई आफ्नो प्रत्यक्ष प्रस्तुतिबाट मनोरञ्जन प्रदान गर्नेछन्। उत्कृष्ट १० प्रतिस्पर्धीहरुले देश भक्ति र विभिन्न लोकप्रिय नेपाली गीतहरु जस्तै मेरो नेपाल……,यो मन त मेरो नेपाली हो..., आदि गीतहरुबाट सांगीतिक माहौल तताउनेछन्।
यो म्युजिकल कन्सर्ट आयोजना गर्नुको मुख्य उद्देश्य देशभरिका संङ्गीत प्रेमी र कोका–कोला नेपाली ताराका समर्थकहरुलाई एकै ठाउँमा ल्याउनु हो।
कोका–कोला नेपाली तारा ३ को विजेताले एउटा मोटरसाइकल लगाएत रु. २५०,००० नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ। अन्तिम १० प्रतियोगिहरु प्रत्येकले रु.११००० नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन्।
कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्ट्रेलिया ट्रिपमा जाने अवसर पाउनेछन् जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन टि्रपमा जाने अवसर पाउनेछन्। अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: बिहिबार, पौष ३, २०७१ १७:४९:५३


 
Top