काठमाडौं, मंसिर ७ । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाईनी स्ट्राईकर लियोनल मेस्सी स्पेनीस ला लिगाका सर्वाधिक गोलकर्ता बनेका छन् । गएराति भएको खेलमा सेभियाविरुद्ध ह्याट्रिक गरेपछि मेस्सीले यसअघि टेल्मो जाराले बनाएको २ सय ५१ गोलको कीर्तिमान तोडेका हुन् ।
मेस्सीको नाममा अब स्पेनीस ला लिगामा सर्वाधिक २ सय ५३ गोल गरेको कीर्तिमान बनेको छ । उनले स्पेनीस क्लव बार्सिलोनाका लागि कुल २ सय ५० खेलमै ला लिगाको उच्च गोलकर्ता बन्ने कीर्तिमान राखेका हुन् । मेस्सीले दुई हप्ता अघि मात्रै युएफा च्याम्पियन्स लिग फुटबलमा ७१ औं गोल गर्दै राउल गोन्जालेजको कीर्तिमानसँग बराबरी गरेका थिए ।
स्पेनीस लिगमा गोल मेशिनको उपाधि पाएका मेस्सीले एकै सिजनमा सर्वाधिक ६८ गोल गर्ने, एकै क्यालेण्डर वर्षमा सर्वाधिक ९१ गोल गर्ने, क्लवका लागि सबै प्रतियोगितमा गरी सर्वाधिक ३ सय ६८ गोल गर्ने, एकै सिजनको लिगमा सर्वाधिक ८ ह्याट्रिक गर्ने, रियाल मड्रिडविरुद्धको चीर परीचीत भिडन्त एक क्लासीकोमा सर्वाधिक २१ गोल गर्ने तथा लिगमा लगातार २१ खेलमा गोल गर्ने जस्ता अनेकौ कीर्तिमान बनिसकेका छन् ।
बार्सिलोनालाई स्पेनीस, युरोपियन तथा विश्वस्तरीय क्लव च्याम्पियन बनाउन खेलेको भूमिकाकै कारण मेस्सीले चार पटक फिफा वर्ष खेलाडीको उपाधि जितिसकेका छन्