Latest

8:48 PM model

      गजल

जब तिम्रो याद आँउछ,भक्कानिन्छ यो मन
सपनीझै विपनीमा'नि  झस्किदिन्छ यो मन

तिमी भएर  नै  मनमा, नौलौ नौलौ  सपना
तिमी नभए केही न  केही,रित्तिन्छ  यो मन

तिमी मबाट टाढा भै  तड्पाईरहेछौ  मलाई
तिमी आँउने कुरा सुन्दा  हत्तारिन्छ यो मन

जति गर्यो उति मिठो,हाम्रो  पिरतीको कुरा
कैले उमंग, कैले हर्षमा  वतासिन्छ यो मन

सयौं जुनि खुसीसंगै यो मन रम्छु भने पनि
समयले जीवन ढाल्छ, र सकिन्छ  यो मन।
                    
  पेमासिंह तामाड.

 
Top