
निर्देशक: ऋषिराज आचार्य
कलाकार: सुशान्त कार्की, हषिर्का श्रेष्ठ, निर्मल सेन्चुरी, सुरवीर पण्डित, रमा थपलिया, महेश आचार्य, संगीता शिवाकोटी, नेहा आचार्य तथा तुलसी श्रेष्ठ ।
संगीतकार: अर्जुन पोखरेल
त्रिकोणात्मक प्रेम कथामा आधारित चलचिनिर्देशक: ऋषिराज आचार्य
कलाकार: सुशान्त कार्की, हषिर्का श्रेष्ठ, निर्मल सेन्चुरी, सुरवीर पण्डित, रमा थपलिया, महेश आचार्य, संगीता शिवाकोटी, नेहा आचार्य तथा तुलसी श्रेष्ठ ।
संगीतकार: अर्जुन पोखरेल
त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र 'मिस्टेक' को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ । एक्सन र रोमान्सलाई समानान्तर रूपमा अघि बढाइएको यो चलचित्रमा युवापुस्ताले प्रेममा गर्ने गल्तीलाई आकर्षक ढंगले चित्रण गरिएको डेब्यू निर्माता विष्णु थडराईको दाबी छ । चलचित्रमा कलेज अध्ययनरत दुई युवा-युवतीले एक-अर्कालाई मन पराउने कुरा समयमै व्यक्त गर्दैनन् । समयक्रमसँगै युवती अध्ययनका लागि अमेरिका जान्छिन् । उनलाई अमेरिका पठाउन युवकले पनि प्रसस्त मेहनत गर्छन् । अमेरिका पुगेपछि युवती अलपत्र पर्छिन्, जहाँ उनलाई अर्का नेपाली युवकले सहयोग गर्छन् । अमेरिकाबाट स्वदेश फर्किएपछि दुवै युवकले युवती समक्ष प्रेम प्रस्ताव राख्छन् । समयमै प्रेम प्रस्ताव नराखिएको गल्तीले चलचित्रको अन्त्यमा रोचक मोड लिन्छ । देशभरिका करिब ४५ वटा सिनेमा हलमा प्रदर्शन हुने यो चलचित्रका तीनवटा गीतमा शिव परियार, दीपक लिम्बू, अञ्जु पन्त तथा दुर्गा परियारको स्वर सुन्न सकिन्छ । कविराज गहतराज र गम्भीर विष्टको नृत्य निर्देशनको यो चलचित्रका छायांकार राहुल राई हुन् भने सम्राट बस्नेत द्वन्द्व निर्देशक हुन् ।
निर्देशक : सुरेन्द्र पुन
कलाकार : बाबु बोगटी, विल्सन विक्रम राई, मनोर आरसी, पार्वती राई, रवि गिरी, रामचन्द्र अधिकारी, रेशम फिरिरी तथा ऋचा धिताल ।
संगीतकार : बाबु बोगटी
अघिल्लो शुक्रबार काठमाडौंमा सार्वजनिक भएको चलचित्र 'हमजाएगा' आज शुक्रबारदेखि मोफसलमा पनि प्रदर्शन हुँदैछ । दार्जिलिङका एक सवारी चालक दलबहादुर गुरुङ 'हमजाएगा' को चरित्र सापटी लिँदै निर्देशक सुरेन्द्र पुनले त्यसलाई चलचित्रको स्वरूप प्रदान गरेका हुन् । दार्जीलिङसहितका नेपालीभाषीको बाक्लो बसोबास भएको क्षेत्रमा दलबहादुरलाई चुट्किलाको पात्रका रूपमा चिनिन्छ । यो चलचित्रमा कलाकार बाबु बोगटीले हमजाएगाको चरित्र निर्वाह गरेका छन् । निर्माण पक्षले चलचित्र पूर्ण रूपमा दलबहादुरको जीवनमा आधारित नरहेको तथा मौलिक कमेडी चलचित्र भएको स्पष्ट पारेको छ । चलचित्रको छायांकन दार्जिलिङ तथा पोखरामा गरिएको छ । निर्देशक पुनकै कथामा तयार भएको यो चलचित्रका छायांकार बाबु श्रेष्ठ हुन् । योगेन्द्र श्रेष्ठको द्वन्द्व निर्देशनको यो चलचित्रमा कमल राईको नृत्य निर्देशन छ