प्रिन्सा श्रेष्ठ
भोलि शनिबार फिलिपिन्समा हुने 'मिस अर्थ-२०१४' को निर्णायक प्रतियोगितामा सहभागि हुनुअघि नै प्रिन्सा श्रेष्ठले महत्वपूर्ण उपलब्धि हासिल गरेकी छिन् । प्रिन्साले प्रतियोगिताअन्तर्गतको 'इको ब्युटि भिडियो टाइटल एवार्ड' जितेकी हुन् । यो विधाअन्तर्गत उनलाई 'कन्टिनेन्टल विनर' छनौट गरिएको थियो, जसका लागि प्रिन्साले 'एभरेस्ट पोटाटो प्यानकेक' शीर्षकको प्रोजेक्ट प्रस्तुत गरेकी थिइन् र त्यसमा उनले हिमालय क्षेत्रका बासिन्दाको आर्थिकस्तर उकास्न इको-टुरिजमले खेल्न...