अभिनेत्री रीमा विश्वकर्माले समाज बदल्नका लागि एउटा कलाकारको भूमिका महत्वपूर्ण हुने बताएकी छिन् । उनले अभिनय गरेको फिल्म `स्केप`को ट्रेलर सार्वजनिक कार्यक्रममा रीमाले आफूले पनि यो फिल्ममा यस्तै एक पात्रको भूमिका गरेको सुनाइन् । 
प्रदिप मिडिया प्रालीको ब्यानरमा निर्माण भएको यो फिल्ममा रीमाको अलवा प्रदिप खड्का, कमल श्रेष्ठ मुख्य भूमिकामा छन् । साथमा रश्मी भट्ट, मुक्ता आचार्य, प्रकाश श्रेष्ठ, सन्तोष कार्की, निश्चल खरेल, निश्चल लामा लगायतका कलाकारले पनि फिल्ममा अभिनय गरेका छन् ।
प्रदिप कार्कीको कथा, अमित श्रेष्ठको संगीत, चन्द्रमान ढंगोलको छायांकन रहेको यो फिल्मलाई सस्पेन्स तथा सामाजिक बिषयमा बुनिएको बताइएको छ । फिल्मको निर्देशन अनन्त घिमिरेले गरेका हुन् ।
कलाकार तथा लेखक प्रदिप खड्काले फिल्मले ड्रक्सको कथा उठान गरेको बताए । माघ २३ गते रिलिज हुन लागेको 'स्केप'को निर्माण कमल श्रेष्ठले गरेका हुन् । अमित ढुंगाना फिल्मका कार्यकारी निर्माता हुन्
 
Top