गजल
आज भोली हाम्रो भेटघाटै हुनु छोड़्यो
मिठाा मिठा पिरतीको बातै हुनु छोड्यो
ओल्टीपल्टी यताउता निद छैन राती
तिमी सम्झी नतड्पेको रातै हुनु छोड्यो
साझपखमा तिमी म संगै डुल्नु हिड्द
मैले समाउने तिम्रो हातै हुनु छोड्यो
तिमीबिना मेरो सारा धर्ती उजाडीदा
बाच्नै गारो भयो फूलपातै हुनु छोड्यो
पेमासिंह तामाड.
America
 
Top