रियालिटी शोमा पुगेर कलाकार र निर्माताले गरे ‘अझै पनि’को प्रचार

ajhai-pani-11
ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फागुन १५ मा देशव्यापी रिलिज हुने नेपाली चलचित्र ‘अझै पनि’ले प्रचार-प्रसारको गति तिब्र बनाएको छ । यसै क्रममा चलचित्र युनिट बुधवार अपरान्ह काठमाण्डौको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक प्रतियोगात्मक रियालिटी शोमा देखियो ।
ट्रिनिटी ईभेन्ट एण्ड मार्केटिङ्ले आयोजना गरेको ‘मिस कलेज आईडल २०१४’को अन्तिम प्रतियोगितामा चलचित्रकी निर्माता पुनम गौतम, नायिका सुरक्षा पन्त, सह-नायकहरु विशाल ढुंगाना र पुष्प खड्काको उपस्थिती रहेको थियो । कार्यक्रममा चलचित्र टिमलाई सम्मान गरिएको थियो ।
ajhai-pani-13
उक्त कार्यक्रममा बोल्दै निर्माता गौतमले चलचित्रले समाजका हरेक पाटोलाई समेट्दै परिवर्तनकारी चेतना फैलाउनुका साथै तथा मनोरञ्जनको नारालाई लिएर बनेको बताईन् । नेपाली नारीका थुप्रै पक्षलाई उठान गर्दै समाजमा हुने फरक-फरक प्रवृत्तीका महिलाका यथार्थ कुरा चलचित्रले पेश गर्ने उनले बताईन् । साथै गौतमले समाजमा नदेखिएका तर यथार्थपरक पात्रहरुले चलचित्रलाई थप रहस्यमय बनाएको जिकिर गरिन् ।
‘अझै पनि’ स्व. निर्देशक आलोक नेम्वाङ्को निर्देशनमा बनेको अन्तिम चलचित्र हो । यस चलचित्रमा माथी उल्लेखित कलाकारका अलावा सुदर्शन थापा, पुजा शर्मा, मिथिला शर्मा, विजय लामा, रामशरण पाठक लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
- See more at: http://www.thuloparda.com/post/9556#sthash.7NrImgPZ.dpuf
 
Top